सरोज निरौला

७ महिना अगाडि / २७१  पटक हेरिएको

(ताम्लिछा)२५ फाल्गुण,उदयपुर। उदयपुरको लिम्चुङबुङ गाँउपलिकाले ११२औ नारी दिबसको अबसरमा गाउपालिका भरीका बिद्यालय स्तरिय निबन्ध र कबिता प्रतियोगिताको आयोजान गरेको छ।

गाँउपालिका स्तरिय निबन्ध र कबिता प्रतियोगितमा पालिका भरीका पाँच वटा बिद्यालयका आठ कक्षा देखी १० कक्षा सम्म अध्यनरत १५जना छात्रछात्राहरुले प्रतियोगिता सहभागिता जनाएका श्री महेन्द्र दिप मा.बि. ताम्लिछाका शिक्षक सुवास राइले जनकारी दिए।

आयोजकले नारी दिवस सम्बन्धित नै शिर्षक दिएकाले सहभागिहरुले कम्तीमा २०० शब्द नघटाइ निबन्ध र कबिता वाचन गरेका थिए। सहभागि पाँच वटा विद्यालयहरुलाइ पछिपादै श्री महेन्द्र दिप मा.बि. ताम्लिछाले निबन्ध र कबिता दुबै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।

कक्षा ८ मा अध्यनरत सगुना राइ निबन्ध प्रतियोगितममा प्रथम भइन भने कबिता प्रतियोगितामा कक्षा ९ मा अध्यनरत शुरेस बि.क प्रथम भएका हुन। प्रथम हुने दुबै जनाले प्रमाणपत्र र नगद पुरुस्कार प्राप्त गरेका छन।

गत सालको प्रतियोगितामा पनी ताम्लिछा मा.बि. दुबै प्रतियोगितामा प्रथम स्थान हात परेको थियो। प्रतियोगिताको अध्यक्षता लिम्चुङबुङ गाँउपलिकाकी उप प्रमुख रमिला राइ र कार्यक्रमको प्रमुख अतिथीमा पालिका प्रमुख मेजर कुमार राइको उपस्थिती रहेको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थीहरूलाई प्रमुख अतिथिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here