मसलापाटी

८ महिना अगाडि / २९७  पटक हेरिएको

उदयपुर । उदयपुरमा एक युवकको शव फेला परेको छ । जिल्ला सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नम्बर ११ स्थित भगवती मन्दिर नजिकै ३४ वर्षीय उद्धव राउत मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार राउतको शव झु, ण्डीएको अवस्थामा फेला परेको थियो । आईतबार दिउँसो मन्दिर घुम्न गएकाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

मन्दिर प्रवेश गर्ने दक्षिण तिरको मुल ढोकादेखि दाहीने तर्फ निर्माणाधीन बौद स्तुप्पादेखि केही मिटर माथिल्लो भागमा घटना भएको हो ।सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा मृतक राउतले खुट्टा भुईमा लतारिएको छ ।उदयपुर प्रहरी प्रवक्ता गौतमका अनुसार मृतक युवक जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ४ पोखरीका स्थानीय हुन् ।उनी लामो समयदेखि टिफर चालकको रुपमा काम गर्दै आएका थिए ।

 

झु, ण्डीएको अवस्थामा शरिरको तलतिर आधा भागले सबै भुई (जमिन) छोएको अवस्थामा भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरी स्रोतको भनाई छ । यसबारे प्रहरीले थप अनुसन्धान थालेको डीएसपी गौतमको भनाई छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here