मसलापाटी

२ वर्ष अगाडि / ३५३  पटक हेरिएको

ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लंक श्रेष्ठले भिजनलाई जानकारी दिए । प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् । घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here