मसलापाटी

२ वर्ष अगाडि / ५६०  पटक हेरिएको

काठमाडौँ । क्षणभरमा मति बिग्री दा नेपाली सेनाका एक मेजरले जाँगीरबाट हात धुनुपरेको छ । अत्यधिक मा दक पदा र्थ से वन गरी होटलमा गई ग्राहक र स्थानीय सर्वसाधरणलाई कु टपि ट गरेको आरोप सत्य सावित भएपछि उनले अधिकृत स्तरको सरकारी जाँगीरबाटै बिदा लिनु परेको हो ।नेपाली सेनाले उनीमाथि अनुशासन ही न काम गरेकाले का रवाही स्वरुप सेवाबाट बर खास्त गरिएको जनाएको छ । सैनिक अदालतबाट बरखा स्त र थप एक महिनाको जे ल सजा य समेत सुनाइएका मेजर सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङगेमा कार्यरत अशोक शाही हुन् ।

 

मा पसे गरी हति  यारसहित सैनिक ब्यारेकबाट निस्किएका शाही गत कात्तिक २१ गते कैलालीको चिसापानीको होटल संगममा पुगेका थिए । जहाँ मेजर शाही र होटलसञ्चालक तथा त्यहाँ रहेका ग्राहक स्थानीय युवाहरुबीच झ ग,डा भएको थियो ।

राती ११ः०० बजे संगम होटलमा पुगेका मेजरसँग स्थानीयको लफ  डापछि उनी ब्यारे क फर्किएर गेटमा ड्युटी गरिरहेका अन्य हति  यारधा री सैनिकलाई समेत लिएर गएको आरोप छ । मेजर शाही व्यारेकबाट थप ब लसहित फेरि होटलमा पुगेपछि घटना थप च र्किए,को थियो ।

 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार मेजर शाहीले सैनिक आचरण वि परित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट ह टाउने फैसला गरेको हो । सेनाले सो घटना अनुसन्धानका लागि २५ बाहीनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।

सत्यतथ्य बुझ्न गठित टोलीले स्थानीय, सेनाका अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुत प्रमाण र मेजर शाहीको बयानपछि बुझाएको प्रतिबेदनमा समेत शाही दो  षी देखिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here