सरोज निरौला

२ वर्ष अगाडि / ७८६  पटक हेरिएको

२० पौष,धरान। प्रधानमन्त्री एक दिने भ्रमणमा धरान आइपुगेका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रधानमन्त्री देउवा धरान आईपुगेका हुन् ।

धरान डे को उद्घाटन समारोहमा सहभागी हुन धरान आइपुगेका देउवाले प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम रहेको छ ।

त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।भेन्चर वेस्ट टु ईनर्जी प्रा.लि द्वारा धरान उप-महानगरपालिका तथा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहकार्यमा धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री शेर वहादुर देउवा र प्रदेश १ का भौतिक पुर्वाधार मन्त्री हिमाल कार्कीले अटोरिक्सामा सवार गर्नू भएको थियो।

त्यसपछी धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

बसपार्क अवलोकन पश्चात् प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here