मसलापाटी

९ महिना अगाडि / ५५९  पटक हेरिएको

१२ पौष २०७८,उदयपुर। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो।

कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै स्थानीय आमखुई भीरबाट रक क्लाईम्बिङ समेत सुरु भएको छ । समुन्द्री सतहबाट ७०० सय ५० मिटर उचाईमा रहेको मर्जीपुरमा परीक्षण स्वरुप सुरु भएको जीपलाईन उदयपुरमै पहिलो प्रयास भएको ‘गढिकोट पर्यटन व्यवस्थापन समिति’ कटारीका अध्यक्ष सूर्य लामाले जानकारी दिए । उनका अनुसार प्याराग्लाईडिङ भने बेलका नगरपालिकापछि जिल्लामा दोस्रो पटक हो ।

कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतले एक कार्यक्रमबीच प्यारग्लाईडिङमा उडान भर्दै उद्घाटन गरेका थिए । ऐतिहासिक स्थल भएपनि गुमनाम रहेको गढिकोटको महत्वबारे प्रचार प्रसार गरी पर्यटकीय हब बनाउन यसले टेवा पुग्ने समिति अध्यक्ष लामाको भनाई छ ।

जीपलाईन, प्याराग्लाईडिङ र रक क्लाइम्बिङले कटारी नगरको चिनारी र पर्यटकीय महत्व थप बढाएको मेयर श्रेष्ठले बताए ।उनले गढीकोटमा पर्यटन बिस्तारका लागि भइरहेको पहललाई स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कटारी नगरपालिका–५ स्थित जङ्गल क्षेत्रमा रहेको सिमार क्षेत्र र मर्जेतपुर गडिकोट क्षेत्र नौ किलोमिटर दूरीको माथिल्लो पहाडी क्षेत्रमा अवस्थित छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here