मसलापाटी

२ वर्ष अगाडि / ३०१  पटक हेरिएको

२९ मंसिर उदयपुर। लिमचुङबुङ गाउँपालिकास्तरीय राहत शिक्षक समितिको अध्यक्षमा पुन्नबहादुर खत्री छानिएका छन् । गाउँपालिकाका बिभिन्न विद्यालयमा कार्यरत राहत शिक्षकहरुको शनिबार सम्पन्न अधिवेशनले ९ सदस्यीय समितिको निर्माण गरेको हो ।

ताप्ली ५ स्थित मावि कटहरेका प्रधानाध्यापक तथा राहत शिक्षक समिति उदयपुरका उपाध्यक्ष रोहित सिंह ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न समितिको अधिवेशनले ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र बाँकी सदस्य निर्बिरोध चयन गरेको छ । समितिका लिमचुङबुङ अध्यक्ष शिबराम राईको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट छानिने उपाध्यक्षहरुमा धर्मनाथ यादव, कविता राई र धनाकुमारी कार्की छन् ।

त्यस्तै सचिव चन्द्रकुमार राई, सहसचिव राजन राउत र कोषाध्यक्षमा सिबिका राई छानिएका छन् । त्यसैगरी सदस्यमा मणिचन्द्र राई र सोनिया लिम्बुलाई छानेको नव गठित समितिका सचिव चन्द्रकुमार राईले बताए । अविधेशनले समितिलाई आगामी दिनमा उर्जाशिल र चलायमान बनाउँदै राहत शिक्षकहरुको हकअधिकारको पैरवी गर्ने तथा गुणस्तरीय शिक्षामा जोड दिन सरोकारपक्षको ध्यानाकर्षण गराउँदै अघि बढ्ने नीति पारित गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here