सरोज निरौला

२ वर्ष अगाडि / ४७५  पटक हेरिएको

२६ मंसिर,गाइघाट । गाइघाटको सगरमाथा मोडल स्कुलमा बाल क्लबको नया कार्यसमिती गठन भएको छ। बिधर्थीहरुमा निर्वाचन सम्बन्धी ज्ञान दिने उश्देयका साथ शुक्रबार नया कार्यसमिती गठनका लागी निर्वाचन गरिएको हो। बाल क्लबको चौथो अधिबेशनका लागी कार्य समिती गठनका लागी तिन प्यानलबाट उम्बेदबारी दर्ता गरिएको थियो।

बिद्यालयमा अध्यनरत कक्षा पाँच देखी कक्षा दश सम्मका दुइ सय एक बिद्यार्थीले निर्बाचनमा मतदान गरेका थिए। तिन प्यानलको उमेदबार क्रमश अध्यक्ष पदको लागी आयुष बस्नेत,मनिषा कार्की र सन्तोष आर्चायको प्यानलबाट क्रमश उपाध्यक्ष्मा बिशाल तामाङ, अपेक्षा रानामगर,आयुष रेग्मी सचिबमा स्पिनिम घिमिरे,आकाश शाहा,शुसिला खत्री कोषाध्यक्षमा गरिमा तिमसिना,पुष्प चौधरी, समिर चौधरी र सहसचिबमा रेजिना थापामगर,कृपा गुरगाइ र रिया खड्काको उम्मेदबारी परेको बिद्यालयका प्रिन्सिपल पुरुषोतम सापकोटाले जानकारी दिनुभयो।

निर्बाचनको मतपरिणाम अनुसार नया बाल क्लबको नया कार्य समितीमा अध्यक्षमा मनिषा कार्की,उपाध्यक्षमा अपेक्षा रानामगर,सचिबमा स्पिनिम घिमीरे,सह सचिबमा रेजिना थापामगर र कोषाध्यक्षमा गरिमा तिमसिना बिजयी भएका छन।निर्बाचन कार्यक्रममा प्रमुख अथितीमा बिद्यालय ब्यबस्थान समितीका अध्यक्ष प्रकाश खत्री र विशिष्ट अथितीमा जिल्ला अस्पताल ए.आर.टी परामर्शदाता विनीता आमात्यको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here