मसलापाटी

१० महिना अगाडि / ७५६  पटक हेरिएको

मंसिर २३,बेल्टार। चौदण्डीगढी नगरपालिका–७ स्थित पारुहाङ एकेडेमीमा कार्यरत शिक्षक उमेश राईको मोटरसाईकल दुर्घटनामा निधन भएको छ ।

दुर्घटनाबाट गम्भिर घाइते अवस्थामा भेटिएका  ३३ वर्षीय शिक्षक राईकाे  आज (विहिबार) निधन भएको हो । ६ नं. वडा बेल्टार बजार निवासी शिक्षक राईले चलाएको स १० प ३१३३ नम्बरको मोटरसाईकल  अनियन्त्रितभइ दुर्घटनामा उनको निधन भएको प्रहरीले जनाएको छ ।

मदन भाण्डारी लोकमार्ग अन्तर्गत सातधारे बस्तिभन्दा १ किलोमिटर तल बेल्टारदेखि गाईघाट जानेक्रममा हिजो (बुधबार) राती नै दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनाबाट अचेत अवस्थामा फेला परेका शिक्षक राईलाई उपचारको लागि चौदण्डीगढी नगर अस्पताल पु¥याएपनि डाक्टरले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको इप्रकाका प्रहरी निरीक्षक छेफिन्जो भोटेले जानकरी दिए । मृतक राईको श्रीमती एक छोरी छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here