मसलापाटी

१० महिना अगाडि / १४२०  पटक हेरिएको

२२ मंसिर ,उदयपुर । सवारी दुर्घटनामा परी उदयपुरका एक बृद्धको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका बेल्टारबाट सदरमुकाम गाईघाट आउँदै गरेको मोटरसाईकलले ठक्कर दिदा ७१ वर्षीय बृद्ध कणर् सुन्दासको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार मंसिर २१ गते ८ः०० बजे त्रियुगा नगरपालिका वडा नम्बर ११ स्थित पीजी चोकमा मोटरसाईकलले ठक्कर दिएको थियो ।

घटनामा घाइते भएका उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि तत्काल मोरङको बिराटनगरस्थित न्यूरो हस्पीटल पुर्‍याइएको थियो ।

तर, उपचारका हुँदै गर्दा आज बिहान अस्पतालमै मृत्यु भएको उदयपुर प्रहरी प्रवक्ता गौतमको भनाई छ । प्र १ -०५-००१ प ३५९२ नम्बरको मोटरसाईकलको ठक्करबाट मृत्यु हुने बृद्ध त्रियुगा नगरपालिका वडा नम्बर ११ प्रगतिटोलका स्थानीयबासी हुन् ।

मृतक सुन्दासको अनुहार र दाहिने हातमा चोट लागेको थियो । प्रहरीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलाबहादुर श्रेष्ठका अनुसार ठक्कर दिने मोटरसाईकलका चालक उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १३ राईचोकका २९ वर्षीय वीरेन राई रहेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here