मसलापाटी

२ वर्ष अगाडि / ६९५  पटक हेरिएको

२१ मंसिर ,उदयपुर । उदयपुरमा अ बैध ला गु औ षध गाँजासहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ नमूना चोकबाट गाँजासहित उनीहरु समातिएका हुन् ।चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेका रुपेश सदा र जीबछ मण्डललाई चेकजाँच गर्ने क्रममा साथबाट गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरीकार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।पक्राउ पर्ने दुई मध्ये २६ वर्षीय सदा सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर -९ कमलपुरका स्थानीय हुन् भने अर्का २९ वर्षीय मण्डल पनि सोही ठाउँको रहेको प्रहरीले जनाएको छ ।

 

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी लोकमार्ग हुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नम्बरको मोटरसाइलमा जाँदै गरेका उनीहरूलाई प्रहरीले शंका लागेपछि खानतलासी गरेको थियो ।उनीहरुको साथबाट एक किलो गाँजा बरामद भएको छ । अनुसन्धानको क्रममा दुवैजना लामो समयदेखि व्यवसायिक रुपमै गाँजा ओसारपसारको कार्यमा संलग्न देखिएको प्रहरीले जनाएको छ । दुवैलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here