सरोज निरौला

२ वर्ष अगाडि / ४०६०  पटक हेरिएको

३० कार्तिक,उदयपुर । नब नियुतm भौतिक पुर्बाधार तथा यातायात मन्त्री हिमाल कार्कीले मन्त्रालय समाले लगतै यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले  उदयपुरबाटै सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गरेको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भएपनि पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ ।

यस अघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेबारी पाएको कार्यालय प्रमुख सुबास कार्कीले बताए ।लाईसेन्सको सुविधा नहुँदा उदयपुरबाट बिभिन्न ठाउँ इटहरी, लाहान, काठमाण्डौँ लगायत अनेत्रै बाट सवारी लाईसेन्स प्राप्त गर्नु पर्थ्यो ।

अहिले उदयपुरबाटै सवारी लाईसेन्स वितरण गरिने भएपछि बिषेश गरी खोटाङलाई समेत धेरै सहज भएको यातायात व्यवस्था कार्यालय उदयपुरका प्रमुख सुवास कार्कीले बताउनुभयो । कार्कीका अनुसार खोटाङ लगायत ओखलढुङगा, सोलुखुम्वु, भोजपुर लाई समेत सहज भएको बताउनुभयो ।

उदयपुरमा अहिले सम्म यातायात कार्यालयले दिने सम्पूर्ण सुबिधाहरु दिइएको भएपनि लाईसेन्स भने वितरण गरेका थिएन । गाईघाटमै लाईसेन्सको सुविधा भएपछि लाईसेन्सकै लागि दैनिक ५ सयको हाराहरीमा सेवाग्राहीहरु कार्यालय आउने प्रमुख कार्कीले जनाउनुभयो । लाईसेन्सको लागि गैरुनमा ट्रायल दिने ठाउँ बनाइएको छ ।

उदयपुर यातायात सेवा कार्यालयलाई लाईसेन्स बितरणको अधिकार नहुँदा यसअघि जिल्लाका हजारौँ सेवाग्राही २ नं. प्रदेश सिराहाको लाहान, जनकपुर, वीरगञ्ज र सुनसरीको इटहरी पुग्नुपर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here