मसलापाटी

३ वर्ष अगाडि / ३०९  पटक हेरिएको

बेल्टार,७ असोज,२०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तिव्ररुपमा भईरहेको छ ।चौदण्डीगढी नगरपालिकाको विभिन्न वडाहरुमा तरुण दलले वडा तदर्थ समिति गठन प्रक्रियालाई तिव्रता दिएको हो ।मंगलबार भएको कार्यक्रममा वडा नं. ५ स्थित शिवाईमा खेमराज धमलाको संयोजकत्वमा ७५ जना तदर्थ समिति गठन गरिएको छ ।
त्यसैगरी वडा नं. ६ मा भने पिटर खिम्दुङको सभापतित्वमा ५५ जनाको तदर्थ समिति गठन गरिएको नगर तदर्थ समितिका सचिव दिपेन्द्र वान्तावाले जानकारी दिए ।कार्यक्रममा क्षेत्रीय सभापति भोजराज खतिवडा, नगरसभापति राजेन्द्र पौडेल, नगर प्रमुख खगेन्द्र राई, तरुण दलका जिल्ला उपाध्यक्ष पर्वत दाहाल, क्षेत्रीय सभापति चन्द्रलाल गिरी र सचिव शुशिल खत्री लगायतका पार्टीका अन्य स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here