२० कार्तिक,उदयपुर। नबनियुतm प्रदेश न.१ का भौतिक तथा पुर्बाधार बिकास मन्त्री माननिय हिमाल कार्कीले त्रियुगा नगरपालिका वडा न.७ मा सन्चालित स्वास्थ्य चौकीलाइ चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्ताणतरन गर्नु भएको छ ।शुक्रबार विहान एक कार्यक्रमका विच सो स्वास्थ्य सामाग्री भुमरसुवा स्वास्थ्य चौकी चुहाडेलाई हस्ताणतरन गर्नु भएको हो ।स्वास्थ्य चौकी भुमरसुवा चुहाडेलाई अक्सीजन सिलिण्डर २ थान, अक्सीजन कन्सन्टेटर २ थान, पल्स अक्सि मिटर ५ थान र थर्मल गन २ थान हस्ताणतरन गर्नु भएको हो।वर्थिन सेन्टरको रुपमा संचालित स्वास्थ्य चौकीलाई मन्त्री कार्कीको पहलमा स्वास्थ्य सामाग्री प्राप्त भएको हो।भौतिक तथा पुर्बाधार मन्त्री बनेपछी कार्की पहिलो पटक गृहजिल्ला उदयपुर आउनु भएको हो।