मसलापाटी

३ वर्ष अगाडि / ७७८  पटक हेरिएको

०७ कार्तिक,उदयपुर । ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा उदयपुरमा ८ जना यात्रु घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ आम्बोटे बोलेरो दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

बर्रेबाट कटारी तर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार दुर्घटनाग्रस्त बोलेरोमा सवार उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ का ४३ वर्षिय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का घाइते भएका छन् । त्यस्तै उदयपुरगढी गाउँपालिकाकै वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षकी चिनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेत घाइते भएका छन् ।

त्यसैगरी उदयपुर बाहीर घर दोलखा जिल्ला विगुल गाउँपालिका ४ बस्ने २६ वर्षका सन्दीप ठकुरी र २४ वर्षिय एसिला कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलबहादुर श्रेष्ठका अनुसार घाइतेहरुको अहिले जिल्ला अस्पताल उदयपुर बोक्सेमा उपचार भइरहेको छ ।

उनीहरुको हात, खुट्टा, ढाँडमा चोट लागेको इन्चार्ज श्रेष्ठको भनाई छ । ओरालोमा आउँदै गर्दा ब्रेक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here