मसलापाटी

१ वर्ष अगाडि / ५९७  पटक हेरिएको

२४ आश्विन,उदयपुर । मजदुर, कर्मचारी र कार्यालय तथा नजिकका स्थानीयलाई लक्षित गरी उदयपुर सिमेन्ट उद्योग परिषरमा सञ्चालन हुँदै आएको एक बैंकले आफ्नो शाखा बजारमा सार्ने भएको छ । अन्य सेवाग्राहीहरुको चाहनालाई पनि ध्यानमा राख्दै सनराइज बैंकले उद्योग परिसरभित्रको शाखा सर्वसाधरणको पहुँचमा सजिलै आउने गरी नजिकैको जलजले बजारमा सार्ने तयारी भएको हो ।

सो शाखा ६ वर्ष अघि उदयपुर सिमेन्ट उद्योग परिसरमा स्थापना भएको थियो । हाल रहेको ठाउँदेखि ५ सय मिटर उत्तर जलजले बजारमा सार्न भौतिक व्यवस्थापनमा जुटेको बैंकका गाईघाट शाखा प्रबन्धक सन्जय गेलालको भनाई छ । म्यानेजर गेलालका अनुसार बिभागीय कार्यालय, काउण्टर, एटीएम बुथल निर्माण कार्य भइरहेको छ ।

नयाँ शाखामा भौतिक सामग्रीहरु सारिएपछि विधिवत उद्घाटन तथा काउन्टरबाट निक्षेप संकलन र भुक्तानीलगायतका कारोवार असोज २४ गते आइतबारदेखि सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here