मसलापाटी

३ वर्ष अगाडि / ७६३  पटक हेरिएको

काठमाडौँ । टीकटक भिडियो बनाउनका लागि भन्दै एक पुरुषसँग मागेर लिएको सिक्री ‘पचाउन’ उल्टै पीडितलाई फसाउन खोजेको आरोपमा दुई युवती प  क्रा  उ परेका छन् । फोनबाट भेट्न बोलाएर दुई लाख ५० हजार बराबर मूल्य पर्ने सुनको सिक्री गठी गरेको उ  जु  री  पछि उनीहरु समातिएका हुन् ।

महानगरीय प्रहरी अ  प  रा  ध महाशाखाका अनुसार घटनामा संलग्न रहेको जाहेरीपछि काभ्रेपलान्चोक घर भइ हाल काठमाडौँको जडिबुटी र बानेश्वर बस्ने १९ वर्षीया उर्मिला भनिने युनिसा मगर र रोशनी भनिने २६ वर्षकी सुनिता तामाङ नि   य  न्त्र  ण  मा  परेका हुन् । उनीहरुले दोलखा मेलुङ वडा नम्बर ४ घर भइ हाल काठमाडौँ बौद्ध बस्दै आएका एक पुरुषलाई फोनमार्फत एयरपोर्ट (काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल) बोलाएर ट्याक्सीमा राखी ललितपुर चापागाउँस्थित खाजा कटेजमा पु¥याएपछि टीकटक भिडियो बनाउनका लागि भन्दै घाँटीको सिक्री लिएका थिए ।

‘एकछिन्’का लागि मात्र भन्दै मागेर लगेको सिक्री साथमा लिएर साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा लगेर यूनिसाले सुनिता र ती पुरुष (सिक्री दिने)लाई होटलको कोठाभित्र थुनेका थिए । आफ्नो साथी र सिक्रीवाल पुरुषलाई बाहीरबाट चुकुल लगाएपछि अर्की युवतीले ब्ल्या  क मे लि ङ गरेको अ नु स न्धा न मा खुलेको महाशाखाले जानकारी दिएको छ ।

ब्ल्या  क  मे  लि  ङ गर्ने कार्यमा संलग्न उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँको गोंगबुबाट प  क्रा  उ गरेको थियो । ठगीसम्बन्धी कसुर मु  द्दा  मा अनुसन्धान र का  र  वा  ही  का लागि महानगरीय प्रहरी परिसर जवालाखेल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here