मसलापाटी

२ वर्ष अगाडि / १७४७  पटक हेरिएको

२० आश्विन,उदयपुर। उदयपुरको भूतिया दहमा नुहाउँने क्रममा डुबेर एक जना युवाको ज्यान गएको छ । मोरङको सुन्दरहैंचा नगरपालिका–४ बलिया निवासी अन्दाजी २२ वर्षीय शिखर सिलवारको भूतिया दहमा डुबेर ज्यान गएको हो ।बेलका नगरपालिका–५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर भुतिया दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ ।

यस भुतिया दहबाट बेला बेलामा धेरै पौडि खेल्ने क्रममा घाइते भएको तथा धेरै समय अगाडि पनि पौडि खेल्ने क्रममा मृत्यु भएको पाइएको छ ।
बेलका नगरपालिकाले बेलका पर्यटकिय स्थलको सुचिमा यश दहलाइ पनि राखेको छ भने गर्मीको समय र बिदाको दिन यहाँ सयौको संख्यामा पौडी खेल्न आगन्तुक आउने गरेको छ्न ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here