२० आश्विन,काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनहरूमा पाकेटमारी र चोरी गर्ने दुई सय सात जनालाई विभिन्न स्थानबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाई महान चाँड दशै तिहारमा रिङरोड बाहिर र भित्री ईलाकामा चल्ने सार्वजनिक यातायातहरु, सपिङ महल, मुख्य–मुख्य मार्केटहरु लगायतमा पाकेटमारी हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी परिचालन गरी गत भदौ २५ गतेदेखि असोज १५ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरेको हो । विभिन्न कोड भाषा प्रयोग गरी पाकेटमारी तथा चोरी गर्दै गरेको अवस्थामा नगद, मोवाईल, गरगहना सहित उनीहरूलाई प्रहरीले फेला पारेको थियो ।
उनीहरूमध्ये ४६ जना अनुसन्धान पूरा भई सरकारी वकिलको कार्यालय मार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउँदा कारागार चलान भएका छन् भने १ सय ६१ जनाउपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका अनुसार पाकेटमारहरुले सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २/२ जनाको दरले छ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने देखिएको छ । पकेटमारहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको पनि अनुसन्धानबाट खुुलेको छ ।
यस्ता छन, पाकेटमारहरुले प्रयोग गर्ने सांकेतिक भाषा
पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषाः– (पैसा– द, मोबाइल– कान, पकेटमारी पीडित– रामे, पकेटमारी गर्ने (मास्टर)– काशी, पैसा धेरै छ– टानको द, पैसा थोरै छ जुटको द, गाडी– कांचा, केटा– छापा, केटी –भद्रि पुलिस आयो ठल्दाई आयो, ड्राईभर– माम, खलासी– मले, गाडीबाट झरेर भाग– टप्की, गाडी भित्र अगाडि सर – अकल जा, गाडी भित्र पछाडी सर– चिछल जालगायातका कोड भाषाहरु प्रयोग गर्ने गरेको देखिएको छ ।आर्थिक दैनिकबाट