मसलापाटी

२ वर्ष अगाडि / ५३८  पटक हेरिएको

१९ आश्विन,पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीको डिआइजी धीरजप्रताप सिंहका अनुसार निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुनधाराबाट पक्राउ गरिएको हो ।

सिआइबीको अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

तामाङले सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको ४६ करोड ठगी गरेको आरोप छ । उनलाई सम्पती शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले उनिसँग पटक–पटक बयान लिएको छ । बयानका क्रममा इच्छाराज तामाङले पेश गरेको कागजात सम्पती शुद्धीकरणले विश्लेषण गरिरहेको छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here