Masalapati

२ वर्ष अगाडि / ३९९  पटक हेरिएको

१७ आश्विन ,खोटाङ ।ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा खोटाङमा एक जनाको मृत्यु भएको छ । रसुवा नजिकैबाट बालुवा लिएर सदरमुकाम दिक्तेल बजारतिर जाँदै गरेको स१त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सहचालक डिलक्स राईको मृत्यु भएको हो ।

घटना भएको नगरपालिकाको १२ नम्बर वडास्थित जालपाका १९ वर्षीय सहचालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-जयराम सडकखण्ड नुनथलामा एकै दिशाबाट गइरहेको गाडीलाई ओभरटेक गर्न खोज्दा ट्रयाक्टर अनियन्त्रित भएएको हो ।

ट्याक्टर सडकबाट ३५ मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहका अनुसार चालक राई सकुशल रहेका छन् ।

मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको इन्सपेक्टर साहले जानकारी दिए । दुर्घटनाग्रस्त ट्याक्टर भने घटनास्थलमै रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here