मसलापाटी

३ वर्ष अगाडि / ६७६  पटक हेरिएको

०३ आश्विन,इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आफ्नै घरको चौथो तलाबाट हामफालेकी एक युवतिको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया रुवि मुखिया रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार राति करिब ८ः३० बजे चौथो तलाबाट हामफालेकी मुखिया गम्भीर घाइते भई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पतालमा लगिएकोमा उपचारका क्रममा राति करिब ९ः४५ बजे उनको मृत्यु भएको हो । युवतिले आफ्नै घरबाट हामफाल्नुको कारण खुल्न नसकेको जनाउँदै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here