मसलापाटी

२ वर्ष अगाडि / १०९३  पटक हेरिएको

२० भाद्र,उदयपुर । उदयपुरमा खहरे बाढीले बगाउदा एक जनाको मृत्यु भएको छ । भान्टाबारीबाट सरदमुकाम गाईघाट आउदै गरेको अटो रिक्सा दुर्घटना हुदा एकै परिवारका सवार तीन जनामध्ये छोरी एसिका राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ज्यान गुमाउने किशोरी एसिका त्रियुगा नगरपालिका वडा नम्बर ७ कि स्थानीय हुन् । उनी आफ्ना बाबु र आमासँगै अटो चढेर गाईघाट आउदै गरेकी थिइन् ।

स्थानीय भालुखोप खोला तर्दै गर्दा अटो फसेको र ठेल्दै निकाल्ने प्रयास गर्दा एक्कासी पानीको सतह बढेपछि बाबु र आमाले भने भागेर ज्यान बचाएका थिए । तर, छोरी एसिकालाई भने बग्दै गरेको अटोले थिचेपछि भाग्न नसक्दा ज्यान गएको उदयपुर प्रहरी प्रवक्ता बेदप्रसाद गौतमको भनाई छ ।

प्रदेश १–०५००१ ह १२७ नम्बरको अटो सडकबाट करिब २ सय मिटर तल भेटिएको छ । भने किशोरीको लाश झण्डै ६ किलोमिटर तल गैरुन नजिकै (त्रियुगा)मा फेला परेको थियो । बिहान ६ः०० बजेको घटनापछि परिचालित प्रहरी र स्थानीयले बिहान ९ः०० बजे लाश र बगाएको सवारीसाधन फेला पारेका थियो । किशोरीको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here