मसलापाटी

२ वर्ष अगाडि / १०४१  पटक हेरिएको

युवामा लगानी , समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै युवाहरुलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्वेश्य अनुरुप उदयपुर कृषि सहकारी संस्थामा युबा तथा साना ब्यबसायी स्वरोजगार कोष सम्बन्धि जानकारी तथा कोष सम्वन्धि चेतना अभिबृदि गर्न उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर दाहालको अध्यक्षतामा सहकारीका सचालक समिति ,पदाधिकारी र ब्यबसायीहरुको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम सहकारीको कार्यलयमा सम्पन्न भएको छ।

कार्यक्रम युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण) को प्रमुख आतिथ्यमा सहकारीका सचालक समिति, पदाधिकारी शेयर सदस्य र युबा ब्यबसायीहरु बिच स्वरोजगार सम्बन्धि छ्लफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका पमुख अतिथी युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण ) ले युवा तथा साना व्यवशायी स्वरोजगार कोषले मुलुकका ७५ जिल्लामा व्यावसायीक कर्जा लगानी गरेको बताउनु भयो । कोषले हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा बेरोजगार यूवालाई स्वरोजगार बनाउने उदेश्यले कर्जा लगानी गरेको हो । कोरोना महामारीका बेला समेत कोषले कर्जा लगानी, अनुगमन लगायतका कामलाई तिब्रता दिएको जानकारी गराउनुभयो ।

उदयपुर कृषि सहकारी संस्था वि. स. २०७१ मा स्थापना भएको संस्था हो, पुराना कार्य समिति परिवर्तन गरी विगत २ वर्ष देखि स्थानीय युवाहरुले जोश जाँगर का साथ कृषि क्षेत्रमा केहि परीबर्तन गर्नुपर्छ भन्ने साझा उदेश्यका साथ नया र आधुनिक तरिकाले सहकारी सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने कुरा  उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर दाहालले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन केशव राना मगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here