मसलापाटी

१ वर्ष अगाडि / ४४७  पटक हेरिएको

०८ भाद्र,। लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । सुनसरीको धरानस्थित ‘ड्रिमल्याण्ड’ होटलबाट ब्राउनसुगरसहित २४ वर्षीय मो.नुरदीन र ३० वर्षका ब्रम्हदेव चौधरी पक्राउ परेका हुन् ।

धरान वडा नम्बर १० मा रहेको ड्रिमल्याण्ड होटलको ‘३६’ नम्बरको कोठाबाट ३ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नुरदीन धरान उपमहानगरपालिका–३ का स्थानीय हुन् भने चौधरीको घर सप्तरी राजविराज नगरपालिका–११ हो ।

विशेष सूचना आएपछि राति धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै सुनसरी, वराहक्षेत्र नगरपालिका–३ बाङ्गे नडाहा सडक खण्डबाट पनि ७ ग्राम ४३० मिलिग्राम ब्राउनसुगरसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका– ६ बस्ने पुरुषोत्तम मेहता, २९ वर्षीय विशाल बस्नेत, २८ वर्षीय पाथे चन्द्रवंशी र २८ वर्षीय जयन्त माइलालाई प्रहरीले समातेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here