मसलापाटी

२ वर्ष अगाडि / ४९८  पटक हेरिएको

६ भदौं, काठमाडौं ।नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला सभापतिहरुले शनिबार साँझ तीन बुँदे माग राख्दै ती माग पुरा नभए भदौ ८ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सभापतिहरुले भनेका छन् , ‘भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा त्यसको भोलिपल्ट (भाद्र ८ गते)बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने व्यहोरा जानकारी गराउँछौं।’

उनीहरुले यथाशक्य चाँडो सूची सार्वजनिक गर्नुपर्ने, पाटीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्रै क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गनुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here