मसलापाटी

३ वर्ष अगाडि / १३७९  पटक हेरिएको

३ भदौ,उदयपुर । उदयपुर घर भएका एक निर्दोष सिपाही दुई वर्षदेखि जेल जीवन बिताइरहेको खुलेको छ । गणबाट हराएको एक थान हतियार चोरीको आरोपमा समातिएका नेपाली सेनाको जवान उदयपुर चौदण्डीगढी नगरपालिकाका स्थानीय लव गुरुङले वर्षौदेखि बिना कसुर बन्दी जीवन भोगीरहेका हुन् ।

नेपाली सेनाले गणमा प्रयोग गर्दै आएको १००७९२ नम्बरको एसएमजी लुकाएको भन्दै उनीसँग मोरङका सरोज तामाङलाई सैनिक हिरासतमा लिइएको थियो । तर, २ बर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको सो हतियार अर्कै व्यक्तिले चोरेर दुरुपयोग गरेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै सेनाको बदमासी पर्दाफास भएको हो ।

उदयपुरका गुरुले लुकाएको भनिएको हतियार केही दिनअघि गंगाधर ढकाल (अर्कै व्यक्ति)को साथमा फेला परेको थियो । उनै भरतले चोरी गरेको हतियारले आफ्नो साथी भरत गुरुङको ज्यान लिएपछि प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो । गंगाधरले भरतलाई मा*र्न प्रयोग गरेको हतियार नेपाल प्रहरीले चितवनमा सार्वजनिक गर्‍यो जुन जेलमा रहेका लव गुरुङले चोरेर लगेको भन्दै आरोप लगाइएको थियो ।

हाल सो मेसिन गन (एसएमजी) जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको छ । गणका तत्कालिन मेजर दीपेन्द्र श्रेष्ठले नियतबस दुवैलाई चोरीको अभियोगमा फँसाइएको आरोप छ । सैनिक कोर्टमार्सलमा परेका लव गुरुङ र सरोज तामाङले उक्त एसएमजी चोरी नगरेको पुष्टि भएसँगै अब उनीहरुले बिना कारण दुई वर्षसम्म जेल बस्दाको क्षतिपूर्ति पाउनुपर्ने माग उठ्न थालेको छ ।

हराएको सो ह*तियारले साथीको ज्यान लिने भरतकै साथबाट एसएमजी भेटिएसँगै निर्दोष साबित भएका उदयपुरका गुरुङ र मोरङका तामाङको परिवारलाई समेत सेनाले अनावश्यक दुख दिएको गुनासो छ । दुई बर्षसम्म लगातार यातना पाएका सैनिक कर्मचारी लव गुरुङ र सरोज तामाङले न्यायिक क्षतिपूर्ति कहिले पाउछन् ? र गलत अभियोगमा फसाउने मेजर दीपेन्द्र श्रेष्ठमाथि कारवाही हुन्छ हुदैन ? यो प्रश्नले अब नेपाली सेनालाई पछ्याउन थालेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here