मसलापाटी

१ वर्ष अगाडि / १६४५  पटक हेरिएको

३२ साउन,उदयपुर । उदयपुरकी किशोरी कृशला चौधरीको हत्यामा संलग्न प्रहरीले सार्वजनिक गरेको छ । करिब १३ दिनपघि हत्यामा संलग्न सप्तरी जिल्ला स्थायी घर भएका दुई युवकलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान र खोजतलासको क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ का २७ वर्षीय उचितलाल सदा र सोही ठाउँका २३ वर्षीय विशे सदालाई पक्राउ परेको जनाएको छ ।घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको निउमा हत्या गरेको प्रहरी वयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर (एसपी) चन्द्रदेव बोहोराले बताउनुभयो ।

बोहोराका अनुसार कृशला र उचित सदाको श्रीमती साथी साथी रहेको र कृशलाकै कारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गर्ने निर्णयमा आफुहरु पुगेको प्रहरीलाई बयान दिएको छ ।प्रहरीले हत्यामा केहि हतियारहरु प्रयोग नभएको जनाएको छ । कृशलाका हत्या गर्दा एकजनाले छातिमा टेकेर घाँटि थिचेको र अर्का एकजनाले हातको मुड्की प्रयोग गरी हत्या गरेको बयान दिएको छ ।

कृशला हत्यामा सामाजिक संजाल तथा बाहिरि हल्ला जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here