मसलापाटी

३ वर्ष अगाडि / ३६१  पटक हेरिएको

२९ साउन,उदयपुर।उदयपुरमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २२ पुरुष र १५ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २७६ जना पुगेको छ ।स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ पुरुष र ७ महिला गरी १२ जना, बेलकामा ५ पुरुष र १ महिला गरी ६ जना, चौदण्डीगढीमा, ६ पुरुष र ३ महिला गरी ९ जना, कटारीमा, ४ पुरुष र ४ महिला गरी ८ जना र लिम्चुङबुङमा २ पुरुषमा संक्रमण देखिएको हो ।जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५७६ पुरुष र १ हजार ३३२ महिला गरी २ हजार ८९९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here