मसलापाटी

३ वर्ष अगाडि / २५१३  पटक हेरिएको

२६ साउन ,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका २ की सावित्राकुमारी चौधरीले प्रेमीको घरैमा पुगेर आत्महत्या गरेकी छन् । प्रेमी विष्णुदेव पञ्जीयारको घर त्रियुगा नगरपालिका-३ मा ठाँडीमा पुगेर सावित्राकुमारीले देह त्यागेकी हुन् ।

प्रहरीका अनुसार उनीहरु डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए । साउन २३ गते विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । आफ्नो घरमा आएर प्रेमीकाले बलोमा सलको पासो लगाएर झुण्डीएपछि प्रहरीले प्रेमीलाई नियन्त्रणमा लिएको छ ।

प्रवक्ता गौतमका अनुसार २४ वर्षीय पंजियारलाई पक्राउ गरी ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको छ । आरोपित विष्णुदेव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखाअन्तर्गत हडियामा कार्यरत थिए । इलेक्ट्रिसियनको रुपमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्राको त्यही चिनजान, दोस्ती र प्रेम भएको थियो ।

मृतक सावित्राका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि सोही आधारमा पञ्जीयार पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here