मसलापाटी

३ वर्ष अगाडि / ३८२४  पटक हेरिएको

२२ साउन ,उदयपुर । स्वास्थ्य महामारीका कारण यही साउन १५ गते ज्यान गुमाउने उदयपुरका अमृत भेनीने सूर्यबहादुर खड्काको परिवारले एक करोड बढी रकम प्राप्त गरेका छन् । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा गाईघाटबाट बीमा गराएका खड्काको परिवारलाई मृत्यु दाबी बापतको एक करोड दुई लाख ६० हजार रकम हस्तान्तरण गरिएको हो ।

खड्काले दुई वर्षअघि एक करोड बराबरको बीमा गरेका थिए । जसका लागि उनले दोस्रो प्रिमियम बापत ११ लाख ३२ हजार मात्र बुझाएका थिए । बीमा अवधिभित्रै मृत्यु भएपछि प्राबधान अनुसार मृत्यु जोखिम अन्तर्गत एक करोड र सोको बोनससहितको सो रकम आईएमई लाईफका सिइओ कवी फूयालले मृतककी श्रीमति सिर्जना खड्कालाई घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

निर्माण व्यवसायी समेत रहेका ४१ वर्षीय सूर्यबहादुरले १५ वर्षीय अवधिका लागि बीमा गराएको कम्पनीका गाईघाट शाखा प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिए । शाखा प्रमुख घिमीरेका अनुसार खड्का परिवारलाई हस्तान्तरण गरिएको रकम जिल्लामै अहिलेसम्मको बीमा कारोवारमध्ये सबैभन्दा ठूलो हो ।

मृत्यु दाबी रकम हस्तान्तरण गर्दै सिइओ कवी फूयालले जीवन बीमा मृत्युपछि पाइने रकम मात्र नभएर आर्थिक बचतका लागि भरोसायोग्य माध्यम समेत रहेको बताएका थिए । उनले जीवन बीमा र जोखिमको विषयमा जानकारी दिदै दुर्घटनापछिको अशक्त अवस्थामा बीमाले गर्ने सहयोग र अकल्पनीय दुर्घटनाहरुले परिवारमा परिवारमा हुने सहजतालाई पनि सकारात्मक र अनिवार्य लिनुपर्ने सिइओ फुयालको भनाई थियो ।

रकम हस्तान्तरण गर्न कम्पनीका सिईओ कवी फुयाल र बजार प्रमुख कर्मराज पौडेल, मेची प्रमुख मिलन दाहाल, कोशी प्रमुख ओमप्रकास राईलगायतको टोली उदयपुर पुगेको थियो । त्यस्तै सो क्रममा स्थानीय जनप्रतिनिधि र पत्रकार, सर्वसाधरणको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here