मसलापाटी

३ वर्ष अगाडि / ४७५०  पटक हेरिएको

उदयपुर,साउन २०। पछिल्लो समय सामाजिक सञ्जाल टिकटक नेपाली समाजमा निकै लोकप्रीय बनेको पाईन्छ । यस्तै लोक प्रीय एप टिकटक मार्फत उदयपुरका रंहकर्मी गोपाल कृतिको दम्पति पनि लोकप्रीय छन् ।जिल्लाको त्रियुगा नगरपालिका १२, साधना टोल बस्ने तिमल्सिनाको दम्पतिले केहि समय अघि दिनेश थपलियाको शब्द्ध बसन्त साप्कोटको संगित र हस्य कलाकार हरिबंस आचार्य साथै मेलिना राईको आवाजमा रहेको ’माछीलाई खोलीको लेउ’ नामको गितमा टिकटक निर्माण गरियो । यस गितको टिकटक भिडियोमा गोपाल कृति उनकी श्रीमती नमु न्यौपानेले आफ्नो प्रस्तुती दिएका छन् भने छायांकनमा उनकी छोरीले साथ दिएका छन् ।

उक्त टिकटक भिडियो हाल सामाजिक सञ्जालहरुमा दर्शकहरुले सर्वाधिक रुचाईएको छ । नेपाली दर्शकहरूले उनीहरूको अभिनयको प्रशंसा गर्दै भनेका छन् कस्तो जिवन्त अभिनय !

यो गीतको म्युजिक भिडिओमा अभिनय गर्ने मुख्य कलाकारहरू, हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी, पल शाह र गायिका मेलिना राईले पनि उनीहरूको भिडिओ मन पराएर सेयर गरेका छन्। ’राम्रो’ भनेर तारिफ गरेका छन् ।

गोपाल लामो समयदेखि रंगमञ्चमा काम गरेका कलाकार हुन् । मोफसलमा सडक नाटकहरू गरिरहने उनले २०६४ सालमा काठमाडौंको गुरुकुलमा एक महिना र मण्डला नाटकघरमा एक हप्ता अभिनय तालिम लिएका थिए । ’अँध्यारो उज्यालो’, ’क्रमशः’, ’अबोध क्रन्धन’, ’पछुतो’ लगायत नाटकमा उनले काम गरे । २०७१ सालमा पछुतो नाटक गरेपछि भने घरायसी व्यस्तताले उनी रंगमञ्चबाट टाढिए ।फाट्टफुट्ट नाटक सिकाएर मन बहलाए पनि उनीभित्रको अभिनय भोक मरेको थिएन । त्यसैले टिकटक अभिनय प्रस्तुत गर्ने अर्को रंगमञ्चजस्तो लाग्छ । ’सुरूसुरूमा त मान्छेहरूले के गरेको होला भन्नुहुन्थ्यो। अहिले उहाँहरू नै प्रशंसा गर्नुहुन्छ,’ गोपालले भने, ’टिकटक सदुपयोग गर्ने हो भने हामीजस्ता कलाकारहरुको लागि एउटा राम्रो अवसर हो । ’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here