मसलापाटी

३ वर्ष अगाडि / ६७३  पटक हेरिएको

धरान । झट्ट सुन्दा अचम्म लाग्छ । धरानजस्तो समृद्ध र महंगी ठाउँमा प्रतिधुर केवल ३० हजारमै जग्गा पाइन्छ भनेर । तर, अचम्म मान्नु पर्दैन । सुनसरीको धरान १५ गणतान्त्रिक चौक (सेउती खोला नजिकै) अव्यवस्थित रुपमा बस्दै आएकाहरुलाई पहिचान गरी प्रतिधुर ३० हजार रुपैयाँमै जग्गा उपलब्ध गराउन थालिएको हो ।

सो क्षेत्रका जग्गाधनी पहिचान गरी प्रतिधुर ३० हजार रुपैयाँका दरले सहुलियतमा जग्गा दिन थालिएको अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासी आयोगक धरानका अध्यक्ष हरि कार्कीले जानकारी दिए । अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब तीन सय घरपरिवारलाई घरधनी पहिचान गरी आज (बुधबार)देखि नै सस्तो दरमा धनीपूर्जासमेत बितरण गर्न थालिएको अध्यक्ष कार्कीले बताए ।

लामो संघर्षपछि अव्यवस्थित बसोबास तथा भूमिहिन सुकुम्बासी आयोग धरानको पहल सफल भएको भन्दै स्थानीय खुसी भएका छन् । सो क्षेत्रमा ३० हजारका दरले जग्गा पाउने लक्षित सबै जग्गाधनीहरुलाई बोलाईएको थियो । जग्गा वितरण गर्न सबैभन्दा पहिला सहकार्य गर्ने भरत सुवेदीलाई सम्मान गरिएको थियो ।

त्यस्तै सुरुवातमै जग्गा दिन तयार राजकुमार कार्की र नवीन श्रेष्ठलगायतलाई पनि स्थानीयले सम्मान गरेका छन् । यसअघि धरानकै ११ नम्बर वडामा समेत सहुलियत दरको जग्गा बिक्री हुदै आएको छ । औपचारिक कार्यक्रम नै आयोजना गरी सहुलियत दरमा जग्गाको धनीपुर्जा हातमा थम्याइएको यो पहिलो पटक र स्वागतयोग्य समेत रहेको धरान उपमहानगरपालिका ११ का वडाध्यक्ष नरेश इवारमको भनाई छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here