मसलापाटी

२ वर्ष अगाडि / १२८१  पटक हेरिएको

१९ साउन।फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने दुईजना महिलालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ घर भएकी प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ घर भएकी ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताइन् । वीरगञ्जबाट काठमाडौंमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि बाफल स्थित बीना लिम्बु भन्ने ज्योती पोमुकोमा बस्न थालिन् ।

आमा मार्फत चिनजान भएकी ज्योतीले बाफल स्थित फ्ल्याटमा किशोरीकै अगाडी अन्य केटीहरू बोलाएर वेश्यावृत्ति गराउँथिन् । बीनाले किशोरीलाई गाली गरेको थाहा पाएपछि प्रिती थापाले ‘थानकोटमा मेरो कोठामा हिँड, त्यहाँ बच्च रेखदेख गर् तिमीलाई पढाइदिन्छु’ भनेर उनले आफ्नो फ्ल्याटमा लगिन् ।

थानकोटमा लगेर प्रीतिले किशोरीलाई फकाएर यौन धन्दामा लगाएको मानब बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले  बताइन् । वेश्यावृत्तिमा लगाएपछि किशोरी भागेर ‘नेप्लीज होम’ नामक संस्थाको सम्पर्कमा पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here