मसलापाटी

१ वर्ष अगाडि / ९३०  पटक हेरिएको
१९ साउन,सिराहा । लाहान स्थित पुर्व पश्चिम लोकमार्ग बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।डिएसपी  तपन दाहालको सक्रियतामा इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा सिरहा नवराजपुर गा. पा ५ का २६ वर्षिय प्रभु नारायण सिंह राजपुत  ठूलो परिमाणको लागुऔषध सहित पक्राउ परेको हो ।प्रहरीले उनको साथबाट नाईट्राभेट १० लेखिएको ४ हजार ७ सय ४० ट्याबलेट, डाईजीपाम लेखिएको एक सय ९४ एम्पुल, फेनारगन लेखिएको एक सय ९४ एम्पुल, नाम लेवल नभएको एक सय ९४ एम्पुल, डाईलेक्स डि.सी १०० एमएल लेखिएको ७ बोतल र उनी सवार को.२६ प. १८९नं. को मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवाश बुढाथोकीले जानकारी दिए ।प्रहरीले पक्राउ परेको सिंहलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here