मसलापाटी

२ वर्ष अगाडि / १२५१  पटक हेरिएको

१८ साउन,उदयपुर (बेलका)उदयपुर बेलका नगरपालिका ८ कोठुबाट प्रहरीले बोलेरो जिपबाट चार केजी प्रतिवन्धित गाँजा लैजादै गरेको अवश्थामा दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भोजपुर हतुुवागढी गाउँपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई रहेका छन् ।आईतबार बेलुका ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले को.१.ज.४५९ नम्बरको बुलेरो जिपलाई चेकजाँच गर्ने क्रममा गाँजा वरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बोलेरोको छतमा २ वटा कपडाको झोलामा ४ केजी २ सय ग्राम लागूऔषध गाँजा फेला परेको हो । गाँजा वरामदसँगै सोधपुछका क्रममा राई द्धयले आफुले ल्याएको स्वीकार गरेको डिएसपी गौतमले बताए । पक्राउ परेका राई द्धयलाई इप्रका रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here