मसलापाटी

२ वर्ष अगाडि / ९८२  पटक हेरिएको

खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्ष पहिलो चरण अन्तरगत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त पक्की वडा कार्यालय भवन निर्माण शुरु गरेको थियो ।प्रति वडा कार्यालय भवनका लागि रु ६५ लाखका दरले नगरपालिकाको बजेट लगानी रहेको नवनिर्मित वडा कार्यालय भवन प्रयोगमा नआउँदै चुहिएको वडाध्यक्षहरुले बताएका छन् । भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिको लापरवाहीका कारण नवनिर्मित वडा कार्यालय भवनहरु गुणस्तरहीन भएको उनीहरुको दाबी छ ।

सबैभन्दा पहिले वडा नं. १२ जालपा र वडा नं. १३ नुनथलाको वडा कार्यालय भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । अहिले उक्त दुवै वडा कार्यालय भवन चुहिएर बस्न नहुने अवस्थामा रहेको वडाध्यक्षहरुले बताएका छन् ।

यतिसम्म कि नुनथलाको वडा कार्यालय भवनको ढलानबाट वर्षादको पानी चुहिएर कार्यालयको महत्वपूण कागजात तथा कम्प्युटरसमेत बिग्रिएको पाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बन्द गरिएको वडा कार्यालय भवनको ढलान गरिएको छतबाट वर्षादको पानी चुहिएर कार्यालयको कागजात तथा कम्प्युटर कामै नलाग्नेगरी बिग्रिएको वडाध्यक्ष भीम राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here