मसलापाटी

३ वर्ष अगाडि / ७७४  पटक हेरिएको

झापा, साउन १५  । झापाको बिर्तामोड नगरपालिकाले गैर कानूनी कर लगाइरहेको खुलासा भएको छ । नगरपालिकाले स्थानीय बिकासका निम्ति सेवा शुल्क बापत भन्दै अवैधानिक कर संकलन गरिरहेको मेची उद्योग वाणिज्य संघ मेचीनगरका पुर्व अध्यक्ष तथा स्थापित ब्यवशायी बिजय डालमियाले सामाजिक सञ्चालमा रसिद सहित पोष्ट गरे पछि खुलेको हो । यस्तो कर लिन पाइदैंन, डालमियाले भन्नुभयो, स्थानीय तहको रसिद समेत जथाभावी प्रयोग भएको देखियो ।

बिर्तामोड नगरपालिकाले खतिवडा टेड्रर्स बिर्तामोड १ लाई ठेक्का लगाएको उक्त करमा नगरक्षेत्रबाट अन्यत्र ढुवानी हुने निर्माण सामग्रीहरुमा मनपरी कर लिने गरेको एक ढुवानी कर्ताले सेतोपत्रलाई जानकरी दिनु भयो । बुधबार बिर्तामोडबाट मेचीनगर ७ इटाभट्टाका लागि ढुवानी गरिएको एक ट्रयाक्टर रडमा ४०० रुपैया स्थानीय बिकासका निम्ती सेवा शुल्क बापत भन्दै कर असुल गरिएको थियो ।

सेवा शुल्क उठाउन प्रयोग गरिएको रसिदमा समेत अनियमितता भएको पाइएको छ । २०७८/ ४/ १३ गते रकम अशुली गरेर चार बर्ष अघिको मिति २०७४/ ४/ १३ राखिएको छ । त्यस्तै आर्थिक बर्ष २०७८/०७९ लागे पछि काटिएको रसिद भने ०७७/०७८ कै रहेको छ । आर्थिक बर्ष परिवर्तन भए पछि पुरानो आर्थिक बर्षका रसिद प्रयोग गर्न नपाइने कानूनी ब्यवस्था भए पनि बिर्तामोड नगरपालिकामा जथाभावी नगदी रसिदको प्रयोग भएको पाइएको छ ।सेतोपत्र.कमबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here