मसलापाटी

२ वर्ष अगाडि / ९४८  पटक हेरिएको

मसलापाटी,१४ साउन । एक महिलाको हत्या आरोपमा दुईजना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा त्रिवेणी गाउँपालिका–४ का १५ र ११ वर्षका दुई जना नाबालकलाई प्रहरीले पक्राउ गरेको हो ।आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।गएको सोमवार राति मनकलाको त्रिवेणी गाउँपालिका–३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उनको खोजी भएको थियो । मनकलाको शव गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल फेला परेको थियो ।

बुधवार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा नाबालकद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी मनकलाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहनासमेत लिएको डीएसपी श्रेष्ठले बताउनुभयो । १५ वर्षीय बालकको घरबाट सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको फुली १ थान र हँसिया (खुर्पा) १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस घटना सम्बन्धमा थाप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here