मसलापाटी

१ वर्ष अगाडि / १६३३  पटक हेरिएको

१३ साउन सुनसरी । यसअघि बिभिन्न ठाउँमा डेरा गरी सँगै बस्दै आएकी एक महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएपछि ट्राफिक प्रहरीका एक असई पक्राउ परेका छन् । बिगत ४ वर्षदेखि बिभिन्न जिल्लामा सरुवा हुदै गर्दा सँगै बसेका असई जितेन्द्रनारायण मण्डलबिरुद्ध एक महिलाले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी अर्जुन केसीका अनुसार ती महिलाले असई मण्डललाई यौन शोषण गरेको आरोप लगाएकी छन् । ट्राफिक प्रहरी पोस्ट भान्टाबारी सुनसरीमा कार्यरत मण्डलविरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्तीकरणीको जाहेरी दर्ता भएपछि मण्डललाई नियन्त्रणमा लिइएको इन्चार्ज केसीले जानकारी दिए ।

२३ वर्षकी ती महिलाले मण्डलबाट आफूमाथि अन्तिम पटक २०७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटल एन्ड लजमा जबरजस्ती भएको उल्लेख गरेकी छन् । यसअघि असई मण्डलले बिहे गर्ने प्रलोभन देखाएर ४ वर्षदेखि मण्डल जाँगीर सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकहीलगायतको ठाउँमा डेरा लिई राख्दै आएको पनि जाहेरीमा उल्लेख छ । जाहेरी हेर्दा असई मण्डल र ती महिला लिभिङ टुगेदरमा रहेको देखिएको छ ।

दुई पटकको शारीरिक सम्पर्कबाट दुई पटक गर्भ रहेको र असई मण्डलकै दबाबमा गर्भपतन समेत गराएको उनले जाहेरीमा बताएकी छन् । गर्भपतनको क्रममा बिभिन्न स्वास्थ्य केन्द्रमा जाँदा परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको महिलाले दाबी गरेकी छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here