मसलापाटी

३ वर्ष अगाडि / १२३६  पटक हेरिएको

१३ साउन , खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकाबाट भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सामग्री सहित तीन जना पक्राउ परेका हुन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकाका वडा सदस्य तथा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ५९ वर्षीय पर्शुराम बाँनिया, सोही स्थान बस्ने ६९ वर्षीय मदन बहादुर बाँनिया र सोही ठाउँका ३३ वर्षीय मिलन बाँनिया पक्राउ परेका हुन्।उनीहरुले घरमा बन्दुक राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पर्शुरामको घरबाट एक नाल भरुवा बन्दुक, मदनको घरबाट छर्रा, बारुद र लोड गरेको अवस्थामा रहेको एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १५० ग्राम धातुका छर्रा, ४०० ग्राम सलाई, र मिलनको घरबाट छर्रा, बारुद र लोड गरेको अवस्थामा रहेको एक नाल भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले  जानकारी दिए।उनीहरुलाई हातहतियार खरखजना अन्तरगत सात दिन म्याद थप गरि कारवाही अगाडी बढाएइएको बताइएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here