मसलापाटी

२ वर्ष अगाडि / ६७३  पटक हेरिएको

१२ साउन ,— मन्दिर भित्रको सुन चोरी गर्ने ७ जना पक्राउ परेका छन् । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ ।जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् ।यसैबीच लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ । गत पुसमा धनबहादुर, लालबहादुर, केशव र हरिकृष्णले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here