सरोज निरौला

४ हप्ता अगाडि / २४५८  पटक हेरिएको

उदयपुर, ५ असोज,२०७७
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा उदयपुर जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक महत्व बोकेको उदयपुरगढीलाई पनी छनोट गरेको छ ।

उदयपुरगढीको परिचय
उदयपुरगढी गाउपालीका ५ मा पर्ने उदयपुरगढी उदयपुरको पुरानो सदारमुकाम पनी हो। उदयपुरगडी समुद्र सतहबाट एक हजार तिन सय मिटर उचाइमा अबस्थित छ। उदयपुर जिल्लाको नामकरण देखी सदरमुकामसम्मको इतीहास उदयपुरगडीसंग जोडीएको पाइन्छ। वि.स.२०२८ साल अगाडी उदयपुर जिल्लाको सदरमुकाम यही उदयपुरगडीमा थियो। २०२८ सालपछी उदयपुरगडीबाट सदरमुकाम यता गाइघाट सारीएको इतिहास छ। यस उदयपुरगढीमा जनजाती, क्षेत्री, दलित लगायतको बसोबास रहि आएको छ।

उदयपुरगढीको इतिहास
उदयपुरगढी राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएको हो । प्रा. डा. सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुरगढीको इतिहास र पर्यटन नामक पुस्तकमा ई.सं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने देखिन्छ ।स्थानियका अनुसार सन् १७६० मा उदयपुरको चौदण्डी गढीका राजा विक्रम सेनका भाई उदय सेन उदयपुर गढीमा चौदण्डीको क्षेत्रीय प्रशासक भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए । पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको थियो । पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुपसिंह कार्कीपृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको थियो । पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुपसिंह कार्की लगायतले उदयपुरगढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जङ्गलको ओदारमा लुक्न गए र सोही स्थानमा अलप भएको गढीका जानकारको भनाई छ ।

उदयपुरगढीका आकर्षणहरु
उदयपुरगढीको मुल आकर्षण भनेको गढी मन्दिर, केउरेनी मन्दिर, चुला ढुगां, शिवपार्वती र पन्चावती माइ मन्दिर हुन। पुरानोगढीको भग्नावशेष,उदयपुरगढीकै पुरानो बरपीपल,संसारी माइथान र ऐतिहासिक पोखरीको पुरानो इतिहास रहेको छ। १ नम्बर प्रदेशकै धेरै स्थानबाट देखिने उदयपुरगढीको डाडामा रहेका मन्दिरहरु बाट उतरमा सगरमाथा लगायत अन्य हिमशृङखला, दक्षिणमा चुरे शृङखलाको सगै तराइका समथर जमिन लगयत अन्य प्राकृतिक सोन्र्दय देखिन सकिने भएकाले पनी पर्यटकीय सम्भावन निकै रहेको छ। त्यस्तै उदयपुरगढीबाट ताप्ली पोखरी र उदयपुर जिल्लाकै उच्च स्थान चित्रेथाम लगायतका भु भाग पनी देख्न सकिन्छ। ब्रहाचारीधारा, उदयपुरगढी संगा्रहलय, जोगीधाराले थप पर्यटकलाइ आकर्षण गर्ने छन।

समस्याहरु
उदयपुरगढीमा खानेपानी, विद्युत, सडक, संचारका मुख्य समस्या छन् । सडक सुविधा ब्याबस्थित नहुँदा गढीका जनताले उचित सेवा पाउन सकेका छैनन् । गढीमा खानेपानीका लागि दुई घण्टा पैदल हिँड्नुपर्छ । टेलिकमद्वारा संचालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बेलाबेला अवरुद्ध भइरहन्छन् । इन्टरनेट अवरुद्ध हुँदा बैंकिङ सेवामा समेत समस्या छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here