मसलापाटी

३ महिना अगाडि / १८५  पटक हेरिएको

१७ आषाढ

काठमाडौ। करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । बिहीबार बिहानैदेखि चार उडान कम्पनीले उडान शुरु गरिसकेका छन् । ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका हुन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरको ३१, यती एयरले १५, श्री एयरले १० र सौर्य एयरले ३ उडानको स्वीकृति पाएका छन् भने, बाँकी सीता, तारा, समिट लगायतका एयरलाइन्सले कति फ्लाइट पाउने टुंगो लागिसकेको छैन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here