मसलापाटी

३ वर्ष अगाडि / ८८६  पटक हेरिएको

१३ आषाढ ,

इटहरी। सुनसरीको कोसी गाउँपालिका ८ भन्टाबारीस्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बा ३ ख ९६३८ नम्बरको पिकअप भ्यानका चालक मोरङको विराटनगर ७ घर भएका ३५ वर्षीय अक्षयकुमार गुप्ता, स १ च ४६६१ नम्बरको मोटरसाइकलमा पछाडि सवार विराटनगर ९ का रामप्रसाद साह र सोही मोटरसाइकलका पहिचान नखुलेका चालक रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारार्थ सुनसरी जिल्ला अस्पताल इनरुवा पठाइएकोमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

सोही दुर्घटनामा परी घाइते भएका बा ३ ख ७२२४ नम्बरको हायसका चालक नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय विवश तामाङ र सोही नगरपालिका घर भएकी हायसमा सवार यात्री २५ वर्षीय नारायण बस्यालको सोही अस्पतालमा उपचार जारी रहेको डीएसपी तिम्सिनाले बताए । आज बिहान ७ः४५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको हायस र पश्चिमबाट पूर्वतर्फ आइरहेको हायस र मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।प्रदेशपोर्टल अनलाइनबाट

acdt

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here