मसलापाटी

२ वर्ष अगाडि / ७१०  पटक हेरिएको

असार १३,

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३७ वर्षीय सुवर्ण राईले धारिलो हतियार प्रहार गर्दा ७५ वर्षीय बुवा चन्द्रबहादुर राईको मृत्यु भएको हो।छोराले आइतबार बिहान  शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए।आफ्नै बुवालाई धारिलो हतियार प्रहार गर्ने सुवर्णलाई सोल्माकै अल्छेढुंगाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घट्नाको कारण खुल्न बाँकी रहेको प्रहरी निरिक्षक गजमेरले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here