सरोज निरौला

१ वर्ष अगाडि / ३९०  पटक हेरिएको

१२ आषाढ ,

उदयपुर ।  जिल्लाको लिम्चुङ्बुङ गाउँपालिका– ३ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनुसार जिल्लाको ताप्ली गाउँपालिका २ घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घर बस्दै आएका उमेश परियारलाई करेन्ट लागेको थियो । मृतक २५ वर्षीय परियार शुक्रबार दिउँसो १ः०० बजे भैंसी चराउन जाँदा विद्युतको पोलमा चढ्दै गर्दा करेन्ट लागेको स्थानीयले बताएका छन् ।थप अनुसन्धानका लागि जिप्रका उदयपुरको टोली घटनास्थलतर्फ पठाइएको प्रवक्ता डिएसपी गौतमको भनाई छ ।लिम्चुङबुङ क्षेत्रमा केही महिनाअघि मात्र विद्युत बिस्तार भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here