मसलापाटी

२ वर्ष अगाडि / ८०६  पटक हेरिएको

काठमाडौं, ३० वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिन विरोधी गठबन्धनसँग अब एउटामात्र विकल्प बाँकी देखिएको छ । त्यो हो महन्थ ठाकुरलाई प्रधानमन्त्री ।

जनता समाजवादी पार्टीको बहुमत सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखी सत्ता समिकरणमा नरहेको जानकारी गराउनु, २७ वैशाखको मध्यराति महन्थ ठाकुरले पनि राष्ट्रपति भण्डारीलाई पत्र लेखी पार्टी सत्ताको गठबन्धनमा नरहेको जानकारी गराउनु ।

नेकपा एमालेका माधव नेपाल समूहका २० सांसदको राजीनामा लगभग टर्नु । राजीनामा दिएपछि उपेन्द्र यादव समूहले १४ सांसद पुर्याउन नसक्ने अवस्था बन्नु ।

संसदको अंकगणितले देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिएपछि विकल्पमा ओली नै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्ने अवस्था बनेको छ । अब उनलाई रोक्न जसपालाई एकढिक्का बनाएर ओलीविरोधी गठबन्धनमा ल्याउनुबाहेक विकल्प देखिदैन ।

ओलीविरोधी गठबन्धनमा बहुमत पुग्न जसपाले सरकारको नेतृत्व पाउने अवस्थामा मात्र सम्भव देखिएको छ । महन्थ ठाकुरले सरकारको नेतृत्व पाउने भएमात्र त्यो अवस्था बन्न सक्छ ।

अब ओलीलाई रोक्न बहुमतको गठबन्धनका लागि ठाकुरको नाम प्रस्ताव हुने सम्भावना पनि रहेको छ । ठाकुरसँग आजै काँग्रेस सभापति शेरबहादुर देउवाले महत्वपूर्ण कुराकानी गरेका छन् । उनीहरुबीच राजनीतिक लेनदेनबारे कुराकानी भएको बुझिएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो पनि भेटमा बुढानिलकण्ठ पुगेका थिए ।

यसअघि जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीबाहेकबाट सरकारको नेतृत्वको प्रस्ताव सार्वजनिक गरेका थिए । उनको संकेत महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेतर्फ थियो ।रिपोटर्स नेपालबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here