Masalapati

४ वर्ष अगाडि / ७७१  पटक हेरिएको

उदयपुर । उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक एक युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
१५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका ६ का २५ बर्षिय रोशन कुवँरलाई पक्राउ गरेको हो ।
विभिन्न प्रलोभनमा पारी बिहीबार चौदण्डी नपा ७ स्थित बेल्टार बजारको एक होटलमा कुराकानी गर्ने क्रममा आरोपितले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।
आरोपित विरुद्ध पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय बेल्टारमा निवेदन दिएको थियो । आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए । पक्राउ पर्ने सोही वडाका वडा सदस्यको छोरा रहेको खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here