मसलापाटी

२ वर्ष अगाडि / ७५८  पटक हेरिएको

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) को विवाद हल हुनेतर्फ अघि बढेको छ। आजमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो टेलिफोन वार्ता भएको छ । दुई नेताबीच सहमतिका साथ अघि बढ्नेबारे कुराकानी भएको स्रोतको दाबी छ । अध्यक्ष ओलीको प्रस्ताव बोकेर आज विहानै नेपाललाई भेट्न विष्णु पौडेल उनको निवास पुगेका थिए ।

उक्त भेटवार्तामा पार्टीलाई एक बनाएर लैजानको लागि अध्यक्ष तयार भएको सन्देश पौडेलले सुनाएका थिए । नेपाल पक्षले २०७५ जेठ २ गते फर्कनुपर्ने अडान लिँदै आएको छ । र, आजपनि नेता नेपालले सोही अडान राखेका थिए । अध्यक्ष ओलीले पनि आफू २०७५ जेठ २ गतेभन्दा अघि फर्कन तयार भएको सन्देश दिएका छन् ।

माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याममाथिको निलम्बन कारबाही फुकुवा

माधवसँग सम्झौता गर्ने पक्षमा ओली, फागुन २८ र त्यसपछिका निर्णय रिभ्यू गर्न तयार !

अध्यक्ष ओली र नेता नेपालबीच आज लामो टेलिफोन वार्ता भएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले पुष्टि गरे । उनले दुई नेताबीच सहमति हुने विश्वास दिलाए । नेपाल पक्षले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेको बेला अध्यक्ष ओलीले नेपाल पक्षधर नेताहरुलाई कारबाही फुकुवाको निर्णय लिएर सहमतिको प्रयास थालेका छन्.       रिपोर्टर्स नेपालबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here